हिन्दु कुश हिमालय संसदीय सम्मेलन २०२५: विभिन्न देशका प्रतिनिधिहरू काठमाडौँ आउँदै
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको आज बसेको बैठकमा हिन्दु कुश हिमालय संसदीय सम्मेलन २०२५ का तयारीबारे छलफल भएको छ ।
सिंहदरबारमा बसेको बैठकमा सम्मेलनका संयोजक सांसद बीरबहादुर बलायरले भूटान, म्यानमार लगायतका देशका प्रतिनिधिहरू भोलि बिहान ८ बजे काठमाडौँ आइपुग्नु हूने जानकारी दिनुभयो ।
वन तथा वातावरण मन्त्रालय, जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका सहसचिव डा. महेश्वर ढकालले सम्मेलनमा अन्तर्राष्ट्रिय दृष्टिकोणबाटै मुख्य मुद्दाका रूपमा रहेका वायु प्रदूषण, जैविक विविधता संरक्षण र जलवायु परिवर्तन लगायतका विषयमा छलफल हुने बताउनुभयो ।
बैठकमा जलवायु विज्ञ तथा सरोकारवालाहरुले यस सम्मेलनले जलवायु परिवर्तन न्यूनीकरण सम्बन्धि विषयहरूमा अन्तर्राष्ट्रिय अन्तरक्रिया र पेशागत सम्बन्ध बनाउन मदत पुर्याउने तथा भविष्यमा सहकार्यको अवसर सहज हुने धारणा व्यक्त गर्नुभयो ।
बैठकमा सहभागीहरूले प्रत्येक देशको जलवायु परिवर्तनका लागि कार्ययोजना छलफलमा समावेश गर्नुपर्नेमा पनि जोड दिनुभयो ।
बैठकमा, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्