तपाईँ सुन्दै हुनुहुन्छः

महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै (अपडेट)

महाकाली नदीमा पानीको बहाव लगातार बढ्दै, बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवागमन बन्द  

कञ्चनपुर । कञ्चनपुरस्थित महाकाली नदीमा पानीको बहाव लगातार बढ्ने क्रम जारी छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान ११ बजे नदीमा १ लाख २६ हजार ७१२ क्युसेक पानी मापन भएको थियो । दिउँसो १ बजे १ लाख ४५ हजार ३१२ क्युसेक पानी मापन गरिएको थियो भने दिउँसो ३ बजे थप बढेर १ लाख ४९ हजार ५८० क्युसेक पुगेको प्रहरीले जनाएको छ । 

बिहानैदेखि नेपाल–भारत सीमास्थित बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधनको आवागमन बन्द गरिएको छ । 

नदीमा पानीको बहाव बढेपछि भारतीय प्रशासनले चार पाङ्ग्रे सवारी साधन आवागमनमा पूर्ण रोक लगाएको हो । दुई पाङ्ग्रे सवारी साधन र पैदल यात्रुको आवतजावत भने सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वर्षायाममा महाकाली नदीमा पानीको बहाव बढ्नु सामान्य भए पनि १ लाख क्युसेकभन्दा बढी पुगेपछि सुरक्षाका कारण बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन सञ्चालनमा रोक लगाउने गरिएको छ । नदी तटीय बस्तीका बासिन्दालाई सतर्क रहन अनुरोध गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button