तपाईँ सुन्दै हुनुहुन्छः

सन्तानको दीर्घायुको कामना गर्दै अवधि भाषी महिलाहरूले तिन छठ्ठी पर्व मनाए

काठमाडौँ । नेपालको पश्चिम तराईका जिल्लाहरूमा बसोबास गर्ने अवधि भाषी समुदायका हिन्दु महिलाहरूले सन्तानको दीर्घायुको कामना गर्दै आज कुश को पूजा गरी तिन छठ्ठी पर्व मनाएका छन् । 

अवधि भाषी समुदायका हिन्दु महिलाहरू यस पर्वका दिन बिहान सबेरै उठेर नुहाई शुद्ध भई व्रत बस्ने र कुशका साथै बरियारा भनिने बिरुवाको समेत पूजा गर्दछन् ।

यस्तै यस व्रतमा व्रतालु महिलाहरूले फलाहारका रूपमा हलोले नजोतिएको पानी पोखरी,तथा सिमसार क्षेत्रमा फलेको तिन्नीको चामलको भात र हलोले नजोतिएको बारीमा फलेको साग ,निबुवाा आदि प्रसादका रूपमा लिने गर्दछन् ।

साथै महिलाहरू यस पर्वका दिन व्रत बस्दा जोतिएको कुनै पनि स्थानमा नजाने र सन्तान प्राप्त भएका सम्बन्धमा विभिन्न पौराणिक कथाहरू सुनाउँदै रमाइलो गरी यो पर्व मनाउने परम्परा रहेको छ ।

यसरी  तिन छठ्ठी माताको व्रत र पूजा गर्नाले सन्तानको दीर्घायु सँगै कल्याण हुने विश्वास रही आएको कपिलवस्तुका पण्डित कुबेर नाथ उपाध्यायले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button