वडा अध्यक्षहरूद्वारा नगरपालिकामा तालाबन्दी

मुगु । छायाँनाथ रारा नगरपालिकाका ११ जना वडा अध्यक्षहरूले मेयर विष्णु कुमार भामले १७औँ बजेट सभा छलकपट र कार्यविधि विपरीत सम्पन्न गरेको आरोप लगाउँदै कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन्।
अध्यक्षहरूले एजेण्डा छलफल नगरी निर्णय पारित गरिएको, वडा सचिव सरुवामा अनियमितता, करार कर्मचारी अभावले काम ठप्प भएको र सामाजिक सुरक्षा भत्ता वितरण प्रभावित भएको आरोप लगाएका छन्।
मेयर भामले भने आरोप अस्वीकार गर्दै सबै निर्णयहरूमा वडा अध्यक्षकै दस्तखत भएको र तालाबन्दी “बेमौसमी” भएको बताएका छन्। ताला खोल्ने र समस्या समाधानका लागि बिहीबार प्रमुख जिल्ला अधिकारीको सहजीकरणमा वार्ता हुने जनाइएको छ।
प्रतिक्रिया राख्नुहोस्