तपाईँ सुन्दै हुनुहुन्छः

फुटबल टोलीका कप्तान चेम्जोङले बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङले बङ्गलादेशको शीर्ष डिभिजनको लिग खेल्ने भएका छन् ।

उनलाई बङ्गलादेश पुलिस क्लबले अनुबन्ध गरेको हो । ३५ वर्षीय किरण लामो समयदेखि क्लबविहीन थिए । उनको यो चौथो विदेशी क्लब हो । यसअघि उनले मालदिभ्सको ट्रस्ट एन्ड केयर स्पोट्र्स क्लब, भारतको मिनर्भा पन्जाब र मालदिभ्सको माजिया क्लबबाट खेलिसकेका छन् ।

सन् २००७ देखि उनी नेपाली राष्ट्रिय टोलीको पोस्ट सम्हालिरहेका छन् । अब उनले आफ्नै टोलीका विंगर आयुष घलानसँगै लिग खेल्ने छन् । उनलाई यसअघि नै पुलिसले भित्र्याइसकेको छ ।

२१ वर्षीय घलानको यो पहिलो विदेशी क्लब हो । यसअघि उनले ए डिभिजन लिग क्लब थ्री स्टार, सङ्कटा, मच्छिन्द्र र चर्च ब्वाइज युनाइटेडबाट खेलिसकेका छन् ।

यस्तै, नेपाल सुपर लिग क्लब पोखरा थन्डर्सबाट पनि खेलेका छन् । यसअघि नेपाली राष्ट्रिय टिमका डिफेन्डर अभिषेक लिम्बूलाई रहमतगञ्ज एमएफएसले अनुबन्ध गरिसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button