रासायनिक मलको आपूर्ति चुस्त बनाउने योजना ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त बनाउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन निर्देशन दिनुभएको छ ।

कृषि मल व्यवस्थापन र उत्पादन वृद्धिबारे आज सिंहदरबारमा कृषि र उद्योग मन्त्रीसहित सम्बद्ध अधिकारीसँग छलफल गर्नुहुँदै उहाँले कम्पोस्ट र अर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सञ्चालनका साथै अनुदान नीतिको प्रस्ताव ल्याउन आग्रह गर्नुभयो ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन पनि निर्देशन दिनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्