एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
सुर्खेत। जाजरकोटको भेरी नगरपालिका–१ कोलचौर नजिकै आज बिहान एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो।
अस्थायी प्रहरी चौकी होलुखोलाका प्रहरी नायब निरीक्षक वीरबहादुर थापाका अनुसार बिरामी लिन जाँदै गरेको भे१च २२४७ नम्बरको एम्बुलेन्स उकालो चढ्ने क्रममा भित्तामा ठोक्किएर करिब २०० मिटर तल खसेको थियो।
प्रतिक्रिया राख्नुहोस्