तपाईँ सुन्दै हुनुहुन्छः

रक्तदान कार्यक्रम सम्पन्न                          

काठमाडौँ । श्रीगणेश बचत तथा ऋण सहकारी संस्था गोङ्गबु काठमाडौँले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

रक्तदान कार्यक्रममा स्थानीय युवा, विद्यार्थीहरू तथा संस्थाका सदस्यहरूसहित १ सय १० जनाले रक्तदान गर्नुभएको सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो । 

संस्थाले प्रत्येक वर्ष आफ्नो स्थापना दिवसमा रक्तदान कार्यक्रमको आयोजन गरेर मनाउने गरेको संस्थाका उपाध्यक्ष रामप्रसाद ढुङ्गानाले बताउनुभयो 

कार्यक्रममा रक्तदाताहरूलाई संस्थाका अध्यक्ष श्यामप्रसाद भण्डारीले प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button