महाकाली नदिमा बगेर दुई बालिका बेपत्ता ,खोजिकार्य जारी
कञ्चनपुर । महाकाली नदिमा बगेर दुई बालिका बेपत्ता भएका छन् ।
भिमदत्तनगरपालिका ११ बस्ने वर्ष अन्दाजी ७/८ कि सानवि पन्त र जीविका पन्त महाकाली नदिमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनीहरू भाइरल रोडमा आफ्ना दाजुहरूसित घुम्न गएको समयमा भीमदत्त नगरपालिका १२ को वडा कार्यालय नजिकबाट नदिमा बगेका बुझिन आएको र दुवैजनाको खोजिकार्य भईरहेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी ,नेपाल प्रहरी र स्थानीय मिलेर खोजिकार्य भई रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्