तपाईँ सुन्दै हुनुहुन्छः

धनकुटामा पिकअप दुर्घटना, १७ जना घाइते

धनकुटा । धनकुटा नगरपालिका–८, टेकुनालामा आज बिहान पिकअप दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। टेकुनालाबाट बजारतर्फ आउँदै गरेको को-२-च-२३०९ नम्बरको पिकअप करिब बिहान १०:३० बजे दुर्घटनामा परेको हो।

पिकअपमा सवार २१ जनामध्ये १७ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। उनीहरूलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ। अन्य घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार गाईजात्रा मनाउनका लागि उनीहरू पिकअपमा धनकुटातर्फ आउँदै थिए।

प्रतिक्रिया राख्नुहोस्

Back to top button