तपाईँ सुन्दै हुनुहुन्छः

बर्दिबासको टुटेश्वर जङ्गल सडक खण्डमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

। अत्यधिक वर्षाका कारण पूर्व–पश्चिम राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–५ स्थित टुटेश्वर जङ्गलको सडक खण्ड बगाउँदा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक अवरुद्ध भएपछि सवारी साधनका लागि वैकल्पिक मार्गको रूपमा गौशाला चौक हुँदै गौशाला बजारबाट लक्ष्मीनियाँ चौक हुँदै पुनः पूर्व–पश्चिम राजमार्गमा जोडिने बाटो प्रयोग भइरहेको छ ।

यातायात व्यवस्था कार्यालय तथा स्थानीय प्रशासनले यात्रुहरूलाई सुरक्षित यात्रा गर्न र वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button