तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री ओलीद्वारा कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई 

भक्तपुर । तुर्कमेनिस्तानको भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ उत्तीर्ण विद्यार्थीहरूलाई उतैबाट बधाई दिँदै नेपालमै पढ्न आग्रह गर्नुभएको छ । 

भूपरिवेष्टित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन तुर्कमेनिस्तान पुग्नुभएका प्रधानमन्त्री ओलीले कक्षा १२ को नतिजा आएको उतै थाहा पाएको उल्लेख गर्दै विद्यार्थीहरूलाई बधाई दिनुभएको हो । 

प्रधानमन्त्री ओलीले विद्यार्थीहरूको मेहनत सफल भएको भन्दै नेपालमै पढ्न र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले ओलीले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ, भूपरिवेष्टित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन यता म तुर्कमेनिस्तान छु । उता नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरू ! तपाईँहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौँ । फेरि पनि बधाई सबैलाई,’ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button