तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुर ट्राफिक प्रहरीद्वारा १ करोड बढी राजस्व सङ्कलन

कञ्चनपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा जरिवाना वाफत १ करोड २ लाख ९९ हजार रुपैयाँ राजस्व उठाएको छ । 

वरिष्ठ नायब निरीक्षक गणेश बहादुर रावलले गत आ ब २०८१/०८२ मा ट्राफिक नियम उलङ्घन गर्ने १५ सय ६९ जना, मादक पदार्थ सेवा गरी गाडी चलाउने १  हजार ३सय ३० जना वाट १ करोड २ लाख ९९ हजार राजश्व उठाएको बताउनुभयो ।

उहाँले गत आर्थिक वर्ष कञ्चनपुरमा ४ सय ५२ सवारीसाधन दुर्घटना हुँदा ३८ जनाको मृत्यु भएको र ७ सय ७३ जना घाइते भएको बताउनु भयो ।

उहाँले विभिन्न समय ५ सय ३३ पटक जनचेतनामूलक कार्यक्रम आयोजना गरी ४३ हजार ९ सय १४ जनालाई लाभान्वित गराएको समेत जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button