तपाईँ सुन्दै हुनुहुन्छः

कञ्चनपुरमा जुवा तास खेल्दै गरेका ६ जना पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा जुवा तास खेलिरहेको अवस्थामा ६ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जुवा तथा सट्टे बाजी नियन्त्रणको प्रयास स्वरूप गरिएको प्रहरी अपरेसन अन्तर्गत उनीहरूलाई नगद र ताससहित पक्राउ गरिएको हो । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले भीमदत्त नगरपालिका १८ स्थित खैरभट्टी जाने बाटो नजिकैको टहरामा छापा मारेको थियो । छापाका क्रममा जुवा तास खेलिरहेका ६ जनालाई रंगेहात पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

भीमदत्त नगरपालिका १५ बस्ने ४४ वर्षीय धिरेन्द्र सिंह कठायत सहित ६ जनालाई पक्राउ गरिएको खुलेको छ । उनीहरूसँगै प्रहरीले नगद रु. २० हजार ९३५ र २ गड्डी तास पनि बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार उनीहरू जुवा खेलिरहेको प्रमाणसहित नियन्त्रणमा लिइएका हुन् र हाल उनीहरू विरुद्ध सार्वजनिक शान्ति सुरक्षा तथा जुवा ऐनअन्तर्गत कानुनी कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।

देशभर विभिन्न क्षेत्रहरूमा जुवा तास नियन्त्रणका लागि प्रहरीले नियमित निगरानी र छापा कारबाही गर्दै आइरहेको छ । समाजमा अपराध, हिंसा र आर्थिक शोषणको आधार बन्ने यस्ता अवैध गतिविधिका विरुद्ध कडाइ गर्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button