तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीबाट फिफा फर स्कुल अभियानको शुभारम्भ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फिफा फर स्कुल अभियानको आज शुभारम्भ गर्नुभएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरणको शुभारम्भ गर्नुभयो । 

प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिएको जनाउँदै भक्तपुरको सूर्यविनायकमा नयाँ र ठुलो रङ्गशाला निर्माणको घोषणा गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button