रानी जमरा कुलरिया सिँचाई आयोजनाको काम द्रुतगतिमा अघि बढ्छ : प्रधानमन्त्री ओली

कैलाली । प्रधानमन्त्री केपी शर्मा ओलीले रानी जमरा कुलरिया सिँचाई आयोजनाको तेस्रो चरणको काम चाँडै अगाडि बढ्ने बताउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आज कैलाली स्थित रानीजमरा कुलरिया सिचाई आयोजना र जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गर्नुहुँदै रानी जमरा कुलरिया सिँचाइको लागि बजेटको व्यवस्था भइसकेकाले तेस्रो चरणको काम पनि द्रुतगतिमा अघि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले अहिलेको सरकार देश विकासका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै निर्माण कार्य ढिलाई भइरहेका सिक्टा सिँचाई आयोजना, भेरी बबई डाइभर्सन, सुनकोशी मरिण डाइभर्सनको काम चाँडो सक्ने गरी काम गर्न र गराउन मातहतका मन्त्रालय तथा विभागलाई निर्देशन दिनु भयो ।
देश विकासका एकजुट हुनुपर्ने आवश्यकता औल्याउनुहुँर्दै प्रधानमन्त्री ओलीले राजनीतिक प्रतिस्पर्धा गर्न र जुनसुकै अवस्थामा पनि राजनीतिलाई जोड्न नहुने पनि बताउनुभयो ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले अहिलेको सरकार देश विकास र आर्थिक समृद्धिका लागि बनेकोले अन्य आयोजनाहरू सफल पार्दै जाने बताउनु भयो ।
उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकाका मुख्यमन्त्री कमलबहादुर शाह, प्रदेश प्रमुख नजिर मिँयाको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गौरवको योजना रानी जमरा कुलरिया सिचाई आयोजनाको दुई चरण पूरा भएसँगै उद्घाटन गरिएको हो ।
आयोजनाबाट १४ हजार ३०० हेक्टरमा सिचाई सुविधा पुग्नुका सागै ४.७१ मेगावाट विद्युत् उत्पादन सुरु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्