तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व प्रदेश प्रमुख गुरुङको निधनमा चितवन काँग्रेसले तीन दिन कार्यालय बन्द गर्ने 

चितवन । नेपाली काँग्रेस चितवनका पूर्व सभापति एवम् गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको दुःखद घडीमा नेपाली काँग्रेस चितवनले तीन दिन पार्टी कार्यालय बन्द गर्ने निर्णय गरेको छ । 

आइतबार बिहान बैठक बसेर पार्टीको जिल्ला समिति तथा ९८ वटै वडा कार्यालय तीन दिन बन्द गर्ने र सात दिनसम्म पार्टीको सबै कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने निर्णय गरिएको नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिनुभयो ।

कास्कीको ल्वाङ घलेलमा २००६ सालमा जन्मनुभएका पृथ्वीमानको बाल्यकाल उतै बिते पनि चितवन आएपछि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय हुन थाल्नुभएको थियो । काँग्रेस चितवनका सभापति खनालका अनुसार २०२९ सालमा नेपाली काँग्रेसमा आबद्ध हुनुभएका गुरुङ सोही समयताका विश्वविद्यालयमा अध्यापन समेत गराउनुहुन्थ्यो । बिपी कोइरालासँगको भेटपछि उनी काँग्रेसको पूर्णकालीन राजनीतिमा होमिनुभएको थियो ।

२०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट चितवन क्षेत्र नं.३ को सांसद पदमा उम्मेदवार बने पनि पराजय हुनुभयो ।  त्यसपछि जिल्लाको सभापति बन्नुभएका उहाँ २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखमा नियुक्त हुनुभएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button