तपाईँ सुन्दै हुनुहुन्छः

जलस्रोत विधेयकमाथि दफावार छलफल जारी

 काठमाडौँ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा आज पनि जलस्रोत विधेयकमाथि दफावार छलफल भएको छ । 

समितिको  बैठकमा सांसदहरू सुरेश आले मगर, डा वेदुराम भुसाल, तारामान स्वाँर, विष्णुबहादुर विश्वकर्मा, गङ्गा बेलवासे लगायतले जलस्रोतमाथिको अधिकार तीनै तहको सरकारलाई हुने गरी नीति बनाउनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरूले जलविद्युत आयोजना क्षेत्रका नागरिकलाई जोखिम हुने गरेको भन्दै जोखिम पहिचान गरेर कानुनी रूपमै त्यस्ता क्षेत्रको जलस्रोत उपभोगमा बन्देज लगाउनुपर्ने, भूमिगत जलस्रोत व्यवस्थापन, संरक्षण र पुनर्भरण सम्बन्धी  कार्यका लागि स्पष्ट हुने गरी विधेय संशोधन गर्नुपर्ने प्रस्ताव गर्नुभयो । 

बैठकमा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री दीपक खड्काले  कुन तहको सरकारलाई जलस्रोतको अधिकार कति हुने भनेर समितिले छलफल गरी टुङ्ग्याउन सक्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button