तपाईँ सुन्दै हुनुहुन्छः

भेरी अस्पतालमा नवजात शिशुको सिकलसेल एनिमिया परीक्षण सुरु हुने

नेपालगन्ज। भेरी अस्पताल नेपालगन्जमा नवजात शिशुकाे सिकलसेल एनिमिया तथा थालसिमिया जाँच गर्ने मेसिन जडान गरिएकाे छ ।

´एचपीएलसी` नामकाे याे मेसिन नेपालमै पहिलाेपटक भेरीमा जडान गरिएकाे अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. निराजन सुवेदीले बताउनुभयो । प्रदेश सरकारले दिएकाे मेसिन भारतबाट आएको हो । याे मेसिन सञ्चालनमा आएपछि नवजात शिशु अवस्थामै सिकलसेल जाँच हुनेछ । अहिलेसम्म १६ महिनामुनीका बालबालिकाकाे सिकलसेल जाँच हुँदैनथ्याे ।

भेरीले अहिले पनि सिकलसेलका विरामीलाई विभिन्न सेवा दिइरहेकाे छ । भेरीमा नि:शुल्क जाँच, विरामीलाई रगत चढाउन ६ शैयाकाे छुट्टै वार्ड, भर्ना गर्न १० शैयाकाे वार्ड, विपन्नबाट १ लाख बराबरकाे औषधि सहयाेग दिँदै आएकाे डा. सुवेदीले बताउनुभयो । भेरीमा एक हजार चार सय विरामी नियमित चेकजाँचमा रहेका छन् । बंशाणुगत राेग

सिकलसेल थारु समुदायमा जनस्वास्थ्य समस्याकाे रुपमा रहेकाे छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button