नेपालगन्जबाट रुकुम चौरजहारी जाँदै गरेको गाडी सल्यानमा दुर्घटना,थप विवरण आउन बाँकी
सल्यान। नेपालगन्जबाट रुकुम पश्चिमको चौरजहारी जाँदै गरेको हाईस गाडी दुर्घटना भएको छ ।
बिहीबार (आज) दिउँसो सल्यानको कुमाख गाउँपालिका-२ नेटा नजिकै भे १ ख ३९९६ नम्बरको हाईस दुर्घटना भएको हो ।
नेटा नजिकैको माथिल्लो मोडबाट गाडी दुर्घटना भएर तल्लो मोडमा पुगेको उद्धार कार्यमा रहनुभएका यात्री ओम केसीले जानकारी दिनुभयो । उहाँ अनुसार गाडी चालक पारस आचार्य सहित करिब एक दर्जन यात्रुहरू घाइते भएका छन् । घाइते मध्य केहीको अवस्था गम्भीर रहेको छ ।
इलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले दुर्घटनाको खबर लगत्तै उद्धारका लागि प्रहरी घटनास्थलतर्फ पठाइएको बताउनु भयो । दुर्घटनाको पुरा विवरण आउन बाँकी रहेको छ । अहिले स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।
प्रतिक्रिया राख्नुहोस्