मुगुका पाटनमा वर्षे चरनको चहलपहल
मुगु । कर्णालीको हिमाली जिल्ला मुगुमा अवस्थित बुकी पाटन अहिले वर्षाका कारण हरियालीले ढाकिएको छ। हिउँदमा सुनसान रहने यो विशाल पाटन अहिले चरन र पशु पालक किसानले रौनक ल्याएका छन्।

हिउँदमा हिउँले ढाकिने मुगुका लखु, नराईनी,टाेटाखर्क, तिखुल्ली माडु, गाईरिटाउना, रिणमाेक्ष माथिल्लाे , मिली, मालिकी, सिप्टिचाैर, चाैरालेक, रतुवा काँद, ठाडालेक चुल्ठा, नागाटाला, पिप्लेडी,टाँउका, पाल्ना चाैर, रजईबैना, छाेट्या,तारापानी , चुचेईला ,ढँटेली लगायतका दर्जनाै पाटनमा विशेष गरी भेडा बाख्रा, गाई , भैसीकाे चरिचरण हुँदा ती लेक र पाटन क्षेत्रहरूमा पशुचाैपायकाे चरिचरणले रौनकता छाएको हो ।

स्थानीय किसानहरू भन्छन्, “वर्षामा घाँस र पानीको अभाव हुँदैन , बुकी खुवाउँदा पोसिलो हुने हुँदा गाई, भैँसी, बाख्रा, भेडा सबैलाई चराउन यी पाटन क्षेत्रहरूमा हरेक वर्ष वर्षा ऋतुमा लाने गरिन्छ।”
यी क्षेत्र वर्षाको बेला सामूहिक चरन क्षेत्रका रूपमा प्रयोग हुँदै आएको छ। तर, सडक विस्तार र बस्ती फैलिँदै जाँदा यस्ता पाटनहरू सङ्कुचित हुँदै जान सक्ने चिन्ता पनि स्थानीयको छ।

पछिल्ला वर्षमा गाउँघरका युवा रोजगारीका लागि बिदेसिएका कारण यस्ता पाटनमा पहिलेको जस्तै गोठालोको चहलपहल भने कम हुँदै गएको देखिन्छ।

भेटनरी तथा पशु अस्पतालको तथ्याङ्क अनुसार मुगु जिल्लामा हाल करिब ३१८१९ भेडा, ७१८८० बाख्रा र १८० च्याङ्ग्रा गरी जम्मा १ लाख ३ हजार ८ सय ७९ भेडा बाख्रा रहेको र सबै भेडा-बाख्राहरू चरिचरणमा सहजताका लागी मुगुका विभिन्न उच्च लेकका पाटनहरूमा लगेका भेटनरी तथा पशु अस्पताल मुगुका प्रमुख भिमचन्द्र बुढाले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्