तपाईँ सुन्दै हुनुहुन्छः

सिँचाइ संकट: चर्को घामले धाँजा फाट्न थाल्यो

नवलपरासी,पश्चिम।लामो समय सम्म पानी नपर्दा रोपेको धान बाली सुक्न थालेको मात्रै छैन खेत सुख्खा हुँदा धाँजा फाटेको छ। प्रकृति समय अनुकूल नबनेपछि किसानहरू यति बेला रोपो जोगाउने चिन्तामा परेका छन् ।

सिँचाइको वैकल्पिक व्यवस्था भएका किसानहरूले  स्यालो ट्युबवेल र भूमिगत सिचाइ मार्फत रोपो जोगाउन  सिचाई गरेका छन् ।भने आकाशे पानीको मात्रै भर पर्नु पर्ने कृषकहरूका धान बाली सुक्न थालेपछि यति बेला किसानहरू अत्तालिएका छन् ।

केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट समेत राहतको माग गरेका छन् ।’मानो रोपेर मुरी फलाउन बर्सभरि खाने  खेती हो धान, मल बीउ बिजन त अभाव आफ्नो ठाउँमा छ तर प्रकृतिले पनि ढग्दा अत्यास लागेको छ’ बर्दघाट-१५ का कृषक शेखर भुसालले बताउनुभयो।।

पश्चिम नवलपरासीमा यो वर्ष २० हजार ७ सय ८० हेक्टरमा धान खेती लगाइएको कृषि ज्ञान केन्द्र नवलपरासीका प्रमुख डा.रवीन्द्र नाथ चौवेले जानकारी दिनुभयो । चौबेका अनुसार गत वर्ष नवलपरासीमा ९१ हजार ५ सय २ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यति बेला चर्को घामका कारण रोपो दिनप्रतिदिन सुक्दै गएको छ भने खेत समेत चिरा चिरा पर्न थालेको छ ।आकाशे पानी जस्तो भरपर्दो वैकल्पिक सिचाई नहुने हुँदा धान उत्पादन नै नहुने होकि भन्ने चिन्ताले किसानलाई पिरोली रहेको छ ।

‘खेत तिर हेर्दा हरिबिजोग छ,पानी लगाउन थालेको लगातार तीन दिन भो ।समाचार सुन्यो पानी पर्छ भन्छ बिहान उठ्यो आकाश तिर हेर्‍यो पानी पर्ने छाँट छैन कसरी हुन्छ यो हालतले कृषि प्रधान देशमा धान उत्पादन’ बर्दघाट-१६ का कृषक इन्द्र गुरुङले बताउनुभयो।

सिँचाइको उचित प्रबन्ध नहुँदा हरेक वर्ष किसानहरू यो समस्याबाट गुज्रिरहेका छन् ।मौसम यस्तै नै रहिरहे यसबर्ष धान उत्पादनमा कमी आउन सक्ने कृषि विज्ञहरूले बताउनुभएकाे छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button