आगलागीमा परी एक महिलाको मृत्यु
गुल्मी । गुल्मी जिल्लाको धुर्कोट गाउँपालिका –५ वस्तु अमराईस्थित घरमा आगलागीमा एक महिलाको मृत्यु भएको छ ।
आइतबार बिहान करिब ३ बजे अचानक घरमा आगलागी हुँदा ३० वर्षिया जुना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिनुभयो ।
आमा ७० वर्षीय मनिदेवी विकसँगै बस्दै आउनुभएकी मृतक जुना मानसिक समस्याबाट पीडित रहनुभएको प्रहरी बताएको छ ।
प्रतिक्रिया राख्नुहोस्