पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत
‘विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रतिनिधिसभाबाट सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा विश्व व्यापार सङ्गठनको मत्स्य उद्योगमा सहुलियत सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।
बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रस्तुत गर्नुभएको सो सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव माथिको छलफलका क्रममा सांसदहरूले देश भित्रको प्राकृतिक श्रोत र साधनको प्रयोगमा असर नपर्ने सुनिश्चित गरेर मात्रै अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको पक्ष राष्ट्र बन्नुपर्नेमा जोड दिनुभयो ।
यस्तै बैठकमा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ ।
राष्ट्रियसभामा उत्पत्ति भएको पानी जहाज सञ्चालन सम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव यस अघिको प्रतिनिधिसभाको बैठकमा गणपूरक सङ्ख्या नपुगेका कारण निर्णयार्थ प्रस्तुत हुन सकेको थिएन ।
प्रतिनिधिसभाको अर्को बैठक भोली साउन ८ गते बिहीबार दिउँसो १ः०० बजे बस्ने छ ।
प्रतिक्रिया राख्नुहोस्