चीनमा अलपत्र दुई सय बढी नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए
सिन्धुपाल्चोक । चीनको स्वशासित क्षेत्र तिब्बतको विभिन्न भूभागमा अलपत्र परेका नेपालीहरूलाई बुधवार नेपाल फर्काइएको छ ।

गत असार २४ गते भोटेकोसीमा आएको बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि टिमुरे केरुङ सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि असारको पहिलो साता रसुवा नाका हुँदै केरुङ, कैलाश, मानसरोवर जाने नेपालीहरू तिब्बतीय भूभागमा नै अलपत्र परेका थिए ।
नेपाल सरकार, गृह मन्त्रालयको अनुरोधमा चीन सरकारले अलपत्र परेका २ सय ३ नेपालीहरूलाई उद्धार गर्दै बुधवार तातोपानी नाकासम्म ल्याइदिएपछि उनीहरू नेपाल आएका हुन् । चीनबाट नेपाल आएका नेपालीहरूलाई स्वागत गर्दै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापा लगायत सुरक्षाका निकायका प्रमुखहरूले जिम्मा लिनुभएको थियो ।
तातोपानी नाका भएर नेपाल भित्रिएका नेपालीहरूलाई भोटेकोसी गाउँपालिकाले खाना खाजाको व्यवस्था गरेको छ भने पूर्व अरनिको यातायात प्रालिले काठमाण्डौंसम्म ३ वटा र बाह्रबिसे नगरपालिकाले ४ वटा गरी जम्मा ७ वटा बस निःशुल्क व्यवस्थापन गरिएको बाह्रबिसे नगरप्रमुख बालकृष्ण बस्नेतले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्