तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा युरिया मलको अभाव हुँदैन : कृषि सामाग्री कम्पनी लिमिटेड  

विराटनगर । आवश्यकता अनुसार मलको  मौजुद रहेकाले कोशी प्रदेशमा  युरिया मलको अभाव नहुने कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय विराटनगर जनाएको छ । 

आवश्यकता अनुसार मलको मौजुद रहेको र मल आउने क्रममा  रहेकाले गत वर्ष जस्तै यो वर्ष पनि कोशी प्रदेशमा युरिया मलको अभाव नहुने सो कार्यालयले जनाएको छ । 

आवश्यकता अनुसार मौजुद रहेकाले हिजोदेखि युरिया मलको बिक्री वितरण खुल्ला गरिएको कृषि सामग्री कम्पनी लिमिटेड विराटनगरका प्रमुख नरेश सापकोटाले बताउनुभयो ।  

विराटनगरस्थित कार्यालयमा हाल ४ हजार टन, सुनसरीको इटहरी कार्यालयमा १२ सय ४१ टन, झापा विर्तामोड कार्यालयमा १ हजार ५४ टन, उदयपुरको गाईघाट कार्यालयमा २ सय ५० टन र धनकुटा कार्यालयमा ३ सय ७८ टन युरिया मल मौजुद रहेको छ । 

विराटनगर स्थित प्रादेशिक कार्यालय अन्तर्गत इटहरी, विर्तामोड, इलाम, गाईघाट तथा इलाम जिल्लामा शाखा कार्यालयहरू रहेका छन् । जिल्लास्थित शाखा कार्यालयले सो क्षेत्रका विक्रेता तथा विराटनगर कार्यालयले मोरङ, तेह्रथुम, भोजपुर तथा सङ्खुवासभा जिल्लाका मल विक्रेतालाई मल बिक्री वितरण गर्दै आएको छ । 

स्थानीय तहको सिफारिसको आधारमा  कार्यालयले विक्रेताहरूलाई मलको कोटा लगाउने गर्दछ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button