लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट एक वर्षमा ५०६ जनाको मृत्यु
नेपालगञ्ज। लुम्बिनी प्रदेशमा आर्थिक वर्ष २०८१/८२ मा सवारी दुर्घटनाबाट ५०६ जनाको मृत्यु भएको छ। यो अघिल्लो वर्षको तुलनामा बढी हो। आर्थिक वर्ष २०८०/८१ मा ४९६ जनाको ज्यान गएको थियो।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार गत आर्थिक वर्षमा प्रदेशभर ३ हजार ४७९ सवारी दुर्घटना भएका छन्, जसमा ५ हजार ६९१ जना घाइते भएका छन्।
कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मित्रबन्धु शर्माले अघिल्ला वर्षहरूमा मध्यम र गम्भीर दुर्घटनाका मात्र विवरण राखिने गरिए पनि हाल सामान्य दुर्घटनाको विवरणसमेत समावेश गरिएकोले सङ्ख्या बढेको बताउनुभयो ।
उहाँका अनुसार ट्राफिक प्रहरीले सवारीसाधनको जाँच तथा कारबाही तीव्र बनाइरहे पनि दुर्घटनामा वृद्धि देखिएको छ।
गत आर्थिक वर्षमा सवारी नियम उल्लङ्घन गर्ने चालकहरूमाथि कारबाहीस्वरूप रु. १७ करोड ८३ लाख ८३ हजार ४११ जरिवाना सङ्कलन गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्