तपाईँ सुन्दै हुनुहुन्छः

वन्यजन्तु जोगाउन चितवनमा संरक्षण पाठशाला

चितवन । चितवनमा वन्यजन्तु, वासस्थान संरक्षण र प्रदूषण नियन्त्रण सम्बन्धी सचेतना कक्षा सञ्चालन गरिएको छ । शनिबार भरतपुर महानगरपालिका –२२ को पट्लहरामा संरक्षण पाठशाला कार्यक्रम गरिएको हो ।

सो कार्यक्रम विद्यार्थी तहका बालबालिकाहरूलाई लक्षित गरिएको छ । पाठशालामा वन्यजन्तुको जानकारी, बासस्थान, आहारा, जीवन र आनीबानी बारेमा बालबालिकालाई प्रशिक्षण दिइएको थियो  । बढ्दो प्रदूषणले गर्दा वन्यजन्तु, जलचर, नदी माथि भइरहेको असरबारे सिकाइएको संरक्षणकर्मी अपिल घिमिरेले जानकारी दिनुभयो ।

सानो उमेर समूहदेखि संरक्षण सिकाइले जैविक विविधताको रक्षा, मानव वन्यजन्तुको सहअस्तित्वबारे बालबालिकालाई सकारात्मक र जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । पाठशालामा नदी, सिमसार, ताल, नदीमा आश्रित चराहरूको अवस्था र संरक्षणबारे पनि सिकाइएको छ ।

वन, नदी र जलाधार क्षेत्रमा प्लास्टिक जन्य फोहोरमैलाको कारणले सृजना गरेका नकारात्मक असरहरू लाई न्यूनीकरण गर्न र जलवायु परिवर्तनबारे सूचित गर्दै आएको घिमिरेले बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button