जलस्रोत विधेयक २०८१ माथि सैद्धान्तिक छलफल
काठमाडौँ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा जलस्रोत विधेयकमाथि सैद्धान्तिक छलफल भएको छ ।

समितिको आजको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दिपक खड्काले नेपालको जलस्रोतलाई मुलुकको अर्थतन्त्रको आधारका रुपमा व्यवस्थित गर्न सरकारले जलस्रोत विधेयक ल्याएको बताउनुभयो ।
विश्वमा जलस्रोतको धनी मुलुकका रुपमा चिनिने नेपालका जलस्रोतको सही सदुपयोग गर्न सके बिद्युत् उत्पादन वृद्धि र सिँचाइमार्फत कृषि उत्पादनलाई समेत समृद्ध बनाउन सक्ने मन्त्री खड्काले बताउनुभयो ।
बैठकमा सांसदहरु डा वेदुराम भुषाल, सुरेशकुमार आलेमगर, गरिमा शाह, डा. अन्जान शाक्य, भुवनबहादुर सुनुवारलगायतले जलस्रोत विधेयकले नेपालको जलस्रोतको सही सदुपयोग गर्न कानूनी बाटो तयार गर्न सक्ने बताउनुभयो ।
सांसदहरुले संघ, प्रदेश र स्थानीय तहहरूबिचमा जलस्रोतको पनि वाड फाँड आवश्यकता पर्ने भन्दै विधेयकले त्यो प्रावधानलाई समेत व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
समितिकी सभापति तुलसा कुमारी दाहालले जलस्रोत विधेयमाथि विज्ञ र सरोकारवालाहरूसँग समेत छलफल गरी समिति अघि बढ्ने जानकारी गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्