पहिलो पटक भलिबलको ‘प्लेयर अक्सन’ हुने
काठमाडौँ । नेपाली भलिबलको इतिहासमा पहिलो पटक भलिबलको ‘प्लेयर अक्सन’ हुने भएको छ ।
इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा यही भाद्र २० देखि २८ गतेसम्म हुन लागेको वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि खेलाडीको अक्सन हुन लागेको हो । अक्सन श्रावण २ गते काठमाडौँमा हुनेछ ।
नेपाली महिला भलिबलको व्यावसायिक यात्रामा यो अक्सन ‘टर्निङ पोइन्ट’ हुन सक्ने आयोजक पक्षले अपेक्षा गरेको छ । प्रत्यक्ष बोलीबाट सहभागी ६ टोलीले राष्ट्रिय स्टार खेलाडी, नयाँ प्रतिभा र उदीयमान खेलाडीबाट आफ्नो टोली निर्माण गर्ने अवसर पाउनेछन् ।
प्रतिक्रिया राख्नुहोस्