मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर: अध्यक्ष प्रचण्ड
काठमाडौँ I नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले यो सरकारले सुशासन कायम गर्न नसकेको आरोप लगाउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय माग गरी बोल्दै प्रचण्डले धेरै मिहिनेत गरेर सदनमा ल्याएका विधेयकहरूमाथि हुने गरेका अवान्छिक गतिविधिले जनतामा निराशा छाएको बताउनुभयो ।
बैठकमा सङ्ख्याको भरमा टिकेको यो सरकारप्रति जनभरोसा टुट्न थालेको भन्दै अध्यक्ष प्रचण्डले सरकार बनाउँदा गरिएका सहमति औचित्यहीन भएको बताउनुभयो ।
सुशासन कायम गर्न सक्षम देखिएका निकायहरूमा समेत बिचौलिया सक्रिय हुन थालेको भन्दै प्रचण्डले राज्यको सबैतिरबाट स्रोत र साधन दोहन भइरहेको, सहकारी पीडितहरूले न्याय नपाएको, मिटर ब्याजको समस्या उस्तै रहेको बताउनुभयो ।
प्रतिपक्ष दलाका प्रमुख नेता एवम् अध्यक्ष प्रचण्डले मुख्य प्रतिस्पर्धी दलहरू मिलेर सरकार बनाउँदा लोकतन्त्र कमजोर भएको विचार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्