तपाईँ सुन्दै हुनुहुन्छः

‘जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो’

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको जनताको बहुदलीय जनवाद (जबज) केवल एउटा राजनीतिक सिद्धान्त मात्र नभएर लोकहित, मानव कल्याण र सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने दार्शनिक चिन्तन हो भन्नुभएको छ ।

मदन भण्डारी फाउन्डेसनद्वारा आज यहाँ आयोजित जर्नल विमोचन तथा विमर्श कार्यक्रममा उहाँले जबजका बारेमा उच्च शैक्षिक संस्थाहरूमा अध्ययन, अनुसन्धान र छलफल हुनुपर्ने बताउनुभयो । 

पूर्वराष्ट्रपति भण्डारीले राष्ट्रलाई समृद्ध बनाउने र नागरिकलाई सुखी बनाउने महान् लक्ष्यलाई जबजले  अघि बढाएको चर्चा गर्दै नेकपा (एमाले) पनि सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा प्राप्त गर्न यो सिद्धान्तअनुसार अविचलित रुपमा लागि परेको धारणा व्यक्त गर्नुभयो ।

त्यस अवसरमा पूर्वराष्ट्रपति भण्डारी र नेकपा ९एमाले०का उपाध्यक्ष सुरेन्द्रप्रसाद पाण्डेले ‘राज्य, समाज र विकास: जबज दृष्टिकोण’को लोकार्पण गर्नुभएको थियो ।

फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारीले विमोचित जर्नलले भावी पुस्ताका लागि देशबारे अध्ययन–अनुसन्धान गर्न चाहनेहरूका लागि भरपर्दो स्रोत सामग्री हुने बताउनुभयो । जर्नलका प्रमुख सम्पादक पूर्व परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डे हुनुहुन्छ ।

जर्नलमा १० वटा लेख समावेश छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button