प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन

फिक्कल (इलाम) । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित अस्पतालको उद्घाटन गर्नुभएको छ ।
माई नगरपालिका–२ दानाबारीमा निर्मित १५ शय्याको ‘माई नगर अस्पताल’को उद्घाटन गर्नुभएको हो ।
आर्थिक वर्ष २०७७÷०७८ देखि निर्माण सुरु भएको अस्पताल सङ्घीय सरकारको सहयोगमा रु १० करोड ७० लाख २४ हजार खर्च भएको नगर प्रमुख खम्बासिंह लिम्बूले बताउनुभयो । साढे १० रोपनी क्षेत्रफलमा पार्किङसहितको दुई तलाको अस्पताल निर्माण गरिएको छ ।
नवनिर्मित अस्पताल भवनबाट शनिबारदेखि नै स्वास्थ्य सेवा सुरु भएको छ । २४सै घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको माई नगर स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेलले बताउनुभयो ।
अस्पतालबाट आकस्मिक, आधारभूत प्रयोगशाला, एक्स(रे, भिडियो एक्स(रे, इसिजी, फार्मेसीलगायत सेवा सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम समेत लागू गरिएको छ ।
नगरपालिकाबासीको आधारभूत स्वास्थ्य उपचार पालिकाभित्र उपलब्ध गराउने र जटिल प्रकारका बिमारीलाई अन्य सुविधा सम्पन्न अस्पतालमा रेफर गरेर जानुपर्ने भएकाले स्वास्थ्य बिमा कार्यक्रम पनि लागू गरिएको नगर प्रमुख लिम्बूले बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्