तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा साफ यु–२० महिला कपमा नेपाली टिमलाई बधाई

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले निकालेको जितप्रति खेलाडीहरूलाई बधाई दिनुभएको छ ।

सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले भुटानलाई ६–१ को फराकिलो गोलअन्तरले जितेकोमा नेपाली खेलाडीलाई बधाई दिनुभएको हो । “साफ यु–२० उमन्स कपमा आज नेपालले भुटानलाई ६–१ को फराकिलो अन्तरले जितेकोमा हार्दिक बधाई !” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।

शुक्रबारदेखि बङ्गलादेशमा साफ यु–२० महिला कप प्रतियोगिता सुरु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button