पाकिस्तान : अज्ञात बन्दुकधारीद्वारा बसबाट झिकेर नौ जनाको हत्या
बलुचिस्तान । पाकिस्तानको बलुचिस्तान प्रान्तको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले बसमा यात्रा गरिरहेका नौ जनालाई ओरालेर गोली हानी हत्या गरेका छन्।
क्वेटाबाट पञ्जाब जाँदै गरेका दुई यात्रुबसलाई लक्षित गरी बिहीबार साँझ यात्रुहरूलाई बसबाट ओरालेर मारिएको घटना भएको हो। बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले नौ जनाको मृत्यु पुष्टि गर्दै मृतकको शव पञ्जाब पठाउने तयारी भइरहेको जानकारी दिनुभयाे ।
सरकारी अधिकारीहरूका अनुसार हमला बन्दुकधारीहरूले घेरेको क्षेत्रमा भएको थियो।
बलुचिस्तान सरकारका प्रवक्ता शाहिद रिदले कलात, मास्तुङ र झोबमा आतंककारी आक्रमण भएको पुष्टि गर्दै भन्नुभयाे, “सुरक्षा बलले तीनै स्थानमा तुरुन्त कारबाही गरेको छ। हामी जनताको सुरक्षाका लागि पूर्ण रूपमा सतर्क छौं।”
प्रतिक्रिया राख्नुहोस्