तपाईँ सुन्दै हुनुहुन्छः

गोदावरी नदीको बाढीमा फसेका ६ जनाकाे सकुशल उद्धार

कैलाली। कैलालीमा नदीको बाढीमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । 

गोदावरी नगरपालिका ४ स्थित गोदावरी नदीको टापुमा फसेका कञ्चनपुरका ६ जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

संयुक्त उद्धार टोलीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-६ का पल्लु सार्की, भागेश्वरी सार्की, विकट सार्की,  योगेश सार्की, वीर सार्की र अब्दुल सार्कीलाई सकुशल उद्धार गरेको प्रहरी निरिक्षक लोकराज जोशीले बताउनुभयो।

पितृ कार्यका लागि गोदावरी नदीमा पुगेका उनीहरू एक्कासी बाढी आएपछि बिच टापुमा फसेका थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button