‘विपद्को घडीमा सबैको सहकार्यबाट खानेपानीको सङ्कट पार गर्न सकिने छ’
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले विगत केही दिन यतादेखि पर्सा, बारासहित मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट बढेका बेला सबैको सहयोग र समन्वयले मात्रै खानेपानीको समस्या समाधान निकाल्न सकिने बताउनुभएको छ ।

पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका मन्त्री यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले पर्सा, बारा, रौतहट लगायतका मधेसका जिल्लामा चापाकलहरु सुकेर खानेपानीको सङ्कट सृजना भई जनजीवन नै निक्कै कठिन भएको उहाँले सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो ।
यसैगरी उहाँले आगामी आर्थिक वर्षको सुरुवातसँगै यस कार्यलाई अझ द्रुत गतिमा अगाडि बढाइने बताउनुहुँदै यसले खानेपानीका लागि शीघ्र राहत दिने विश्वास लिएको बताउनुभयो ।
खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि एशियाली विकास बैङ्कको सहयोगमा रु ४ अर्ब ५० करोडको लागतमा वीरगन्जमा बृहत् खानेपानी आयोजना अघि बढिरहेको उहाँको भनाई छ ।
साथै प्रदेश र स्थानीय सरकार तथा खानेपानी र सरसफाई क्षेत्रमा संलग्न सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायलाई सहकार्य र सहयोगका लागि उहाँले आग्रह समेत गर्नु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्