तपाईँ सुन्दै हुनुहुन्छः

त्रुटि छानबिन विशेष समितिका लागि सदस्यहरूको टुङ्गो 

काठमाडौँ । संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको छानबिन गर्न गठित त्रुटि छानबिन विशेष समितिको सदस्यहरूको नाम टुङ्गो लागेको छ ।

सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न गठन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको सदस्यहरूको नाम टुङ्गिएको हो । 

सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार विशेष समितिमा नेपाली काँग्रेसबाट जीवन परियार र सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहनुभएको छ ।

सभामुख देवराज घिमिरेलाई आज दलहरूले आफ्नो भागमा परेका सदस्यहरूको नामावली दिएका हुन् ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच गत शनिबार भएको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । 

समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइनेछ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button