प्रतिनिधिसभा बैठक: समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण
काठमाडाैँ । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरुले बाढि पहिरो जस्ता प्राकृतिक प्रकोप तथा भूकम्पपीडित नागरिकहरूको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसदहरुले हाल भारी वर्षा र बाढि पहिरोले धेरै जनधनको क्षति पुगिरहेको र जोखिम रहेको क्षेत्रको पहिचान गरी समयमै पूर्वसूचना र राहत उद्धारको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
बैठकमा सांसदहरुले डाक्टरहरूको आन्दोलनको कारण देशभरका अस्पतालहरूमा उपचार सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परेकोले चिकित्सकीय उपचारमा गरिने निर्णयमा सरकार गम्भीर बन्दै तत्काल समस्याको समाधानका लागि सरकारसँग माग गर्नुभयो ।
सांसदहरुले किसानहरूलाई समयमै मल अभिलम्ब उपलब्ध गराउनुपर्ने, नेपालमा पर्यटन प्रवर्द्धन र पर्यटकको सुरक्षा सुनिश्चिता गर्न पर्यटक प्रहरीको व्यवस्थापन गर्नुपर्ने र राष्ट्रिय परिचय पत्र निर्माण तथा वितरण गर्न सम्भव हुने स्थानीय तहहरूबाटै राष्ट्रिय परिचय पत्र वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्