तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री लेखकद्वारा महाकाली गाइडबण्ड र दोधाराचाँदनी सुख्खा बन्दरगाहको स्थलगत अनुगमन

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरस्थित महाकाली नदीमा निर्माणाधीन गाइडबण्डको आज स्थलगत अनुगमन गर्नुभएको छ । 

नेपाली सेनाको निर्माण इञ्जिनियर टोलीद्वारा तीव्रगतिमा निर्माण भइरहेको गाइडबण्ड क्षेत्रको निरीक्षण गर्दै मन्त्री लेखकले निर्माणको गुणस्तर र प्रगतिप्रति चासो व्यक्त गर्नुभयो । 

सरकारले यस क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । त्यसैले नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर गाइडबण्ड निर्माण कार्य अघि बढाएको हो । मन्त्री लेखकले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न निर्देशन दिनुभयो ।

मन्त्री लेखकले दोधाराचाँदनीमा निर्माणाधीन सुख्खा बन्दरगाह स्थलको समेत अनुगमन गर्नुभएको छ । भारत सरकारको लगानीमा निर्माण हुने बन्दरगाहको छिट्टै दुवै देशका प्रधानमन्त्रीहरूले शिलान्यास गर्ने मन्त्री लेखकले बताउनु भएको छ ।

सुदूरपश्चिमको आर्थिक समृद्धिका लागि सुख्खा बन्दरगाह र महाकाली नदीमा वर्षेनि आउने बाढीको जोखिम न्यूनीकरणका लागि गाइडबण्ड निर्माणलाई स्थानीयवासीले अत्यन्तै स्वागतयोग्य कदमका रूपमा लिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button