तपाईँ सुन्दै हुनुहुन्छः

लगातार वर्षाले गमगढी–बालैपिना सडक अवरुद्ध, स्थानीयलाई सास्ती

मुगु। लगातारको वर्षाले खसेको पहिरोले मुगुको गमगढी–बालैपिना सडकखण्ड अन्तर्गत कालाढुङ्गा क्षेत्रमा सडक अवरुद्ध भएको छ।

भीषण बाढी र पहिरोका कारण सडक बगाउँदा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ। सडक अबरुद्ध हुँदा गमगढी तथा आसपासका बासिन्दा आवतजावतमा समस्यामा परेका छन् भने खाद्यान्न र अन्य आवश्यक सामग्री ढुवानीमा समेत कठिनाइ भएको छ।

स्थानीयवासीका अनुसार सडकको अधिकांश भाग चिप्लो र जोखिमपूर्ण बनेको छ, जसले गर्दा यात्रुहरू पैदल यात्रा गर्नसमेत हिच्किचाइरहेका छन्।

सडक खुलाउन यथाशीघ्र पहल गर्न सम्बन्धित निकायको ध्यान जानुपर्ने स्थानीयले माग गरेका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button