‘पहिला सीप, अनि रोजगारी’: दक्षता विकास अभियान सुरु
काठमाडौं। बैदेशिक रोजगारीमा जाने युवाहरूलाई भाषा र सीपमा दक्ष बनाउने उद्देश्यसहित काठमाडौंको सिनामंगलमा ‘एम.एस.भी ग्लोबल ट्रेनिङ सेन्टर’ सञ्चालनमा आएको छ।
उद्घाटन समारोहमा बोल्दै बैदेशिक रोजगार संघका अध्यक्ष भुवन सिंह गुरुङले दक्षता बिना विदेश गएका धेरै कामदारले कठिनाइ भोग्नु परेको र न्यून तलबमा सीमित हुनुपरेको बताए। उहाँले अब विदेश पठाउनुअघि आवश्यक सीप सिकाउने उद्देश्यले तालिम केन्द्र स्थापना गरिएको जानकारी दिनुभयो।

सेन्टरका अध्यक्ष प्रकाश पुरीका अनुसार इच्छुक युवालाई केयर गिभर, रेस्टुरेन्ट सेवा, स्काफ फोल्डिङजस्ता विभिन्न व्यावसायिक तालिम प्रदान गरिनेछ। सञ्चालक उदय खत्रीले भाषा मात्र नभई व्यवहारिक सीप सिकाउन तालिम केन्द्र स्थापना गरिएको उल्लेख गर्नुभयो।
लियाना हस्पिटालिटी एण्ड होटल ट्रेनिङ सेन्टरका निर्देशक भोदुराम थारुले एम.एस.भी सँगको सहकार्यमा सीपयुक्त जनशक्ति उत्पादन गरी स्वदेशमै रोजगारी सृजना गरिने बताए। लियाना म्यानेजमेन्ट सर्भिस प्रा.लि.का अध्यक्ष दिपा खत्रीले तालिम केन्द्रले सक्षम, प्रतिस्पर्धी र जनमुखी जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि जीवन मल्ल, लियानाका महाप्रबन्धक अमृता भट्टराई, सेफ लक्ष्मण भण्डारी, मान बहादुर तामाङ, दियालोका विपिन केसी लगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया राख्नुहोस्