पूर्वराष्ट्रपति भण्डारीले सुरक्षा बाहेक कुनै पनि सेवा सुविधा नलिने घोषणा
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व राष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधामध्ये सुरक्षा बाहेक कुनै पनि सेवा सुविधा आजै मितिदेखि नलिने घोषणा गर्नुभएको छ ।
उहाँको सचिवालयबाट गृह मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखिएको पत्रमा पूर्वराष्ट्रपति भण्डारीले आजकै मितिदेखि लागू हुने गरी सुरक्षा बाहेकका कुनै पनि सेवा सुविधा नलिने निर्देशन भएको उल्लेख छ ।
पूर्वराष्ट्रपति भण्डारीले आफ्नो कार्यकाल पूरा गरी सेवा निवृत्त हुनुभएपछि पूर्व राष्ट्र प्रमुखका हैसियतले नेपाल सरकारले उपलब्ध गराउने सेवा सुविधा लिँदै आउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्