राष्ट्रियसभामा विनियोजन विधेयक २०८२ अर्थमन्त्रीको जवाफ
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व, अन्तर्राष्ट्रिय अनुदान सहयोगबाट मात्रै बजेट निर्माण गर्न सक्ने अवस्था नरहेकाले निश्चित सीमासम्मको ऋण उठाउने व्यवस्था गरिएको स्पष्ट पार्नुभयो ।
अर्थमन्त्री पौडेलले वित्त आयोगले दिएको ऋणको सीमाभित्र रहेर ऋण उठाउने प्रस्ताव गरिएको स्पष्ट पार्दै ऋणको सम्बन्धमा होसियार र सावधान रहेको तथा यसको दिगो व्यवस्थापन, उत्पादन, उत्पादकत्व वृद्धि र राष्ट्रिय आय वृद्धिका लागि ऋणको सदुपयोग गरिने बताउनुभयो ।
अर्थमन्त्री पौडेलले राजस्वको सन्दर्भमा स्थिर नीति लिएर अनुमान योग्य बनाउने कुरामा जोड दिएको, राजस्वको दायरा बढाउने र सङ्कलनलाई प्रभावकारी बनाउने, चुहावट नियन्त्रण गर्ने तथा राजस्व प्रशासनको प्रभावकारी परिचालन गरी लक्ष्य हासिल गर्ने कुरामा बजेटले जोड दिएको पनि बताउनुभयो ।
अर्थमन्त्री पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको विनियोजन विधेयकमाथि उठेका विषयमा समेत जवाफ दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्