कुलिङ पिरियडमा भएको चलखेल: सभापति खतिवडाको राजीनामा माग
काठमाडौँ । प्रतिनिधि सभा राज्य व्यवस्था समितिको आज बसेको आकस्मिक बैठकमा सांसदहरुले निजामती विधेयकमा गरिएको गडबडीलाई लिएर समितिका सभापति रामहरि खतिवडाको राजीनामा माग गर्नुभएको छ ।
बैठकमा नेपाली कांग्रेसका सांसद हृदयराम थानी, नेकपा एमालेका सांसद पदम गिरी, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, जनता समाजबादीका सांसद प्रकाश अधिकारीलगायतका सांसदहरुले विधेयकमा कुलिङ पिरियडका सम्बन्धमा गरिएको गडबडीको समिति बनाई छानबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँहरूले, कसको दबाबमा निजामती विधेयकमा चलखेल गरिएको हो भनी सभापति खतिवडासँग प्रश्न गर्नुभएको छ । उहाँहरूले, नेपालको संसदीय इतिहासमा यो घटना लज्जास्पद भएको भन्दै प्रतिवेदन हेर्ने अन्तिम दायित्व सभापति र सचिवकै भएकोले नैतिक हिसाबले जिम्मेवारीमा बस्न नमिल्ने बताउनुभयो ।
सांसदहरुले, समितिको प्रतिवेदन आफूहरूलाई हेर्न सम्म नदिएको र एकै पटक प्रतिनिधिसभामा पेश गरिएकोमा आपत्ति पनि जनाउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्