तपाईँ सुन्दै हुनुहुन्छः

४० लाख मूल्य बराबरको खान अयोग्य चिनी नष्ट

नवलपरासी (पश्चिम) । नवलपरासीस्थित महेशपुर भन्सार कार्यालयले बरामद गरिएको खान अयोग्य चिनी नष्ट गरेको छ।

चार वर्षअघि बरामद गरी गोदाममा राखिएको चिनीलाई गुणस्तर प्रमाणीकरण कार्यालय बेलहियाको परीक्षणमा खान अयोग्य ठहर गरेपछि परासीस्थित झरही खोलामा खाल्डो खनी नष्ट गरिएको हो।

भन्सार प्रमुख विकास उपाध्यायका अनुसार चिनीका बोरामा लेबल र सिल नभएको, उपभोगयोग्य नभएको र लिलाम गर्न नसकिने देखिएपछि नष्ट गरिएको हो।

“म आएको अहिले ६ महिना मात्र भयो। चिनी त्यसबेला किन नष्ट गरिएन थाहा छैन। अहिले गोदामको अभाव पनि भएकाले नष्ट गरिएको हो,” उपाध्यायले बताउनुभयाे।

चिनीको रस निस्किएर वरपर दुर्गन्ध फैलिन थालेपछि पनि समस्या बढेको थियो।

नष्ट गरिएको चिनी २ हजार बोरा, अर्थात् ६२ हजार ७ सय केजी रहेको छ। भन्सार कार्यालयले यसको मूल्य प्रति केजी ६४ का दरले ४० लाख १२ हजार ८ सय रुपैयाँ बराबरको भएको जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button