निर्वाचित वडा सदस्यको निधन
दाङ । दाङको राप्ती गाउँपालिकाका–२ का निर्वाचित वडा सदस्य टेकबहादुर रावतको निधन भएको छ । राप्ती गाउँपालिका–२ मुक्ति नगर निवासी ६५ वर्षीय रावतको बिहान ४ः३० बजे आफ्नै निवासमा निधन भएको वडा अध्यक्ष पहलवान चौधरीले जानकारी दिनुभयो ।

बिहान शौचालयबाट निस्केपछि एक्कासी टाउको दुखेर मुर्छा परेका रावतलाई भालुवाङ अस्पताल लगिए पनि उनको अस्पताल पुग्नु भन्दा पहिले नै निधन भइसकेको डा. अशोक बेल्वासेले बताउनुभयो। रावतको निधन उच्च रक्तचापका कारण भएको हुनसक्ने डा. बेल्वासेले बताउनुभयो ।
वडा सदस्य रावतको दुखद निधनप्रति वडा अध्यक्ष पहलवान चौधरीले शोक वक्तव्य जारी गरी मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्