राष्ट्रियसभाको विधायन समितिबाट भन्सार विधेयक पारित
काठमाडौँ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले भन्सार विधेयक २०८० पारित गरेको छ ।

समितिको आज बसेको बैठकमा सभापति तुलसाकुमारी दाहालले निर्णयार्थ प्रस्तुत गर्नुभएको विधेयकलाई समितिले सर्वसम्मतिले पारित गरेको हो ।
बैठकमा अर्थमन्त्री विष्णु पौडेलले आयात निर्यातलाई सहज बनाउन र चोरी निकासी तथा पैठारी रोक्न भन्सार विधेयक महत्वपूर्ण हुने बताउनुभयो ।

प्रतिनिधिसभाबाट पारित भई आएको भन्सार विधेयक राष्ट्रियसभा यही अधिवेशनमा प्रतिवेदनसहित पेस गरी पारित गरिने तयारी गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्