तपाईँ सुन्दै हुनुहुन्छः

बाध्यतामा वैदेशिक रोजगारीमा जाने अवस्था अन्त्य गरिनेछ : मन्त्री भण्डारी

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत्सिंह भण्डारीले युवाले देशभित्रै गर्न सक्छु भन्ने दृढ आत्मविश्वास जगाउनुपर्ने बताउनुभएको छ । 

आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलनमा मन्त्री भण्डारीले ऊर्जावान् युवा देशको प्रमुख शक्ति स्रोतका रुपमा रहेको बताउँदै उहाँले स्वदेशमै उद्यमशीलता गर्नुपर्ने बताउनुभएको हो । 

उहाँले बाध्यात्मक वैदेशिक रोजगारलाई आगामी दश वर्षभित्र अन्त्य गर्नका लागि आन्तरिक रोजगार प्रवर्द्धन दशकका रुपमा कार्यक्रम घोषणा गरेको समेत जानकारी दिनुभयो । “वैदेशिक रोजगार स्वैच्छिक हुनुपर्छ, बाध्यात्मक हुनुहुँदैन, स्वेच्छाले जानेहरूलाई रोक्न सकिँदैन,” उहाँले भन्नुभयो, “तर, रोजगारी नपाएर बाध्यात्मक अवस्थामा वैदेशिक रोजगारमा जानेहरूलाई देशभित्रै रोजगारको अवसर सृजना गर्न श्रम मन्त्रालय संरचना र नीतिसहित काम गरिरहेको छ ।”

उहाँले रोजगारी सृजनाका लागि निजी क्षेत्रसँगको समन्वय, सहकार्य गरी अवसर अवसर सृजना गर्न सरकारले आवश्यक नीति नियम सुधार गरेर जाने बताउनुभयो ।

मन्त्री भण्डारीले नेपालीहरू थोरै पैसाका लागि विदेशिनुभन्दा स्वदेशमा नै स्वरोजगार गरेर बस्न उपयुक्त भएको धारणा गर्नुभयो । उहाँले नेपाली श्रमबजारमा प्रत्येक वर्ष पाँच लाख श्रम शक्ति आउने गरेको जिकिर गर्दै श्रम शक्तिहरूलाई सीप र क्षमता अभिवृद्धि विकास गर्न सके देशभित्रै रोजगारीको अवसरलाई सदुपयोग गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button