पुन: एमालेमा रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने पूर्व राष्ट्रपति भण्डारीको घोषणा
काठमाडौँ । पूर्व राष्ट्रपति विद्या भण्डारीले अब पुनः एमालेमा रहेर राजनीतिक यात्रालाई निरन्तरता दिने बताउनुभएको छ । मदन भण्डारी फाउन्डेसनद्वारा काठमाडौँमा आयोजित कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले यस्तो घोषणा गर्नुभएको हो ।

”फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु । अब नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्त्वाकाङ्क्षा छैन । देश र जनताको हित नै मेरो ध्येय र लक्ष्य हो ।’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले भन्नुभयो ।
सम्बोधनको पूर्णपाठ :
प्रतिक्रिया राख्नुहोस्